अन्तिम चरणमा पुग्यो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

४ बर्ष अगाडि

काठमाडौं – सन् २०२० देखि सञ्चालमा ल्याउने गरी काम भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको छ । 

तीन किलोमिटर धावनमार्ग निर्माण सकिएको छ । प्राशसनिक भवन पनि अन्तिम चरणमा पुगेको छ । मार्वल बिछ्याउने तथा टायल्स लगाउने काम भइरहेको छ । टर्मिनल भवनमा मार्वल, टायल, सीसीटिभी, एक्स–रे मेसिन जडानलगायत काम सुरु भइसकेको छ । 

आगमन तथा प्रस्थान भवनको छानो लगाउने काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुशार विमानस्गल सञ्चालनका लागि आवश्यक संरचना निमार्ण अन्तिम अवस्थामा छ ।   आजको अन्नपूर्ण पोस्ट्बाट

४ बर्ष अगाडि

प्रतिक्रिया