१४ लाखले लिए बैंकबाट कर्जा

४ बर्ष अगाडि

काठमाडौं – बैंक तथा वित्तीय संस्थावाट कर्जा लिइ उद्योग व्यावसाय गर्ने संख्या बढ्दो क्रममा भए पनि निक्षेपकर्ताको तुलनामा ऋणीको संख्या भने निकै नै न्यून देखिएको छ ।

पछिल्लो वर्षमा मात्र १ लाख ३९ हजार ऋणी थपिँदा ३८ लाख २२ हजार निक्षेपकर्ता बढेका हुन्।

नेपाल राष्ट्र बैंकले वित्तीय पहुँचको अवस्थाबारेमा गरेको अध्ययनअनुसार २०७६ असार मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूमा गरी १४ लाख ४० हजार कर्जा खाता रहेको जनाएको छ । २०७५ असार मसान्तमा कर्जा खाताको संख्या १३ लाख १ हजार रहेको थियो ।

त्यसैगरी, २०७६ असार मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूमा खोलिएका व्यक्तिगत निक्षेप खाताको संख्या २ करोड ७८ लाख ६७ हजार पुगेको केन्द्रीय बैंकले गरेको अध्ययनले जनाएको छ । 

सो अध्ययन अनुसार २०७५ असार मसान्तमा यस्तो संख्या २ करोड ३५ लाख ४५ हजार रहेको थियो। अध्ययनअनुसार व्यक्तिले बैक तथा वित्तीय संस्थाहरूमा निक्षेप खाता खोलेको आधारमा वित्तीय पहुँचको मापन गरेको छ ।  
कारोबार दैनिकबाट

४ बर्ष अगाडि

प्रतिक्रिया