नोबेल पुरस्कार जितेपछि अभिजितको भारतबारे पहिलो प्रतिक्रिया

४ बर्ष अगाडि

अर्थशास्त्र विधामा नोबेल पुरस्कार जित्ने भारतीय मुलका अमेरिकी अर्थशास्त्री अभिजीत बेनर्जीले भारतीय अर्थव्यवस्था डगमगाएको बताएका छन् । 

उनले उपलब्ध तथ्याकंको मुल्याङ्कनबाट अर्थव्यवस्था चाडै सुध्रिने अवस्था नरहेको बताए । नोबेल पुरस्कार जितेपछि अभिजितको भारतबारे यो पहिलो प्रतिक्रिया थियो । 

अभिजितले उनी सम्बद्ध विश्वविद्यालय म्यासाचुसेट्स इन्स्टीच्युट अफ टेक्नोलोजी(एमआईटी)मा यो वर्षको नोबेल पुरस्कार जित्ने अर्की विजयी एस्थर डुफ्लोसमेतको उपस्थितिमा भएको पत्रकार भेटघाटको क्रममा उक्त भनाई भनेका थिए । बेनजी र डुफ्लो श्रीमान श्रीमती हुन् ।

भारतको अर्थव्यवस्थाबारे बोल्दै अभिजितले भने ,‘ भारतीय अर्थव्यवस्था डगमगाईएको छ । आर्थिक वृद्धिको वर्तमान तथ्याकं हेरेपछि निकट भविष्यमा अर्थव्यवस्थाको सुधारमा त्यति आसावादी हुन सकिदैंन । 

उनले नोबल पुरस्कार प्राप्त भएकोमा खुसी व्यक्त गर्दै भने ‘म धेरै खुसी छु । तर करियरमा यति छाडैं यो सम्मान प्राप्त होला भन्ने मैले सोचेको थिइनँ ।’

उनले भने ,‘ पछिल्लो २० वर्षदेखि म अनुसन्धान गरिरहेको छु । हामीले गरिबी कम गर्ने प्रभावकारी उपायको खोजी गरिरहेको छौं ।’
अभिजितले भारतको शहरी र ग्रामीण क्षेत्रमा औसत उपभोग भइरहेको तथ्याङ्कमा उल्लेख राष्ट्रिय नमूना सर्वेक्षणको तथ्याकंलाई औल्याउदैं भने ,‘तथ्याकंमा सन् २०१४–१५ र सन् २०१७–१८ बीच तथ्याकं थोरै कम भएको छ ।’

उनले भने ,‘यस्तो कयैन वर्षमा पहिलो पटक भएको हो । यो निक्कै ठूलो खतराको संकत हो । भारतमा कुन चाँही तथ्याकं सही हो भन्ने वहस चलिरहेको छ । सरकारले भने आफूलाई असुविधाजनक लाग्ने सबै तथ्याकंलाई गलत भनिरहेको छ । ’

उनले भने ,‘तर मेरो विश्वासमा भारतको सरकारले पनि केही त समस्या छ भन्ने मान्न थाले जस्तो देखिन्छ । अर्थव्यवस्थामा निक्कै तिव्रताका साथ गतिमा सुस्तता छाईरहेको छ । कति तिव्र गतिमा छ त्यो हामीलाई थाहा छैन । तथ्याकंबारे पनि विवाद छ ।’

सन् २०१९ को लागि अर्थशास्त्र विधाको प्रतिष्ठित नोबेल पुरस्कार भारतीय मूलका अमेरिकी अर्थशास्त्री अभिजीत बनर्जी, फ्रेन्स मुलकी अमेरिकी अर्थशास्त्री एस्थर डुफ्लो र अमेरिकी अर्थशास्त्री माइकल क्रमेरलाई संयुक्त रुपमा दिने घोषणा गरिएको छ । 

अभिजीत बनर्जीले कलकत्ता विश्वविद्यालय, जवाहरलाल नेहरु विश्वविद्यालय पढेर हार्वर्ड विश्वविद्यालयमा विद्यावारिधी गर्न गएका थिए । त्यहाँबाट उनले सन् १९९८मा पीएचडी डिग्री प्राप्त गरे ।

४ बर्ष अगाडि

प्रतिक्रिया