मेगा बैंकले बोलायो साधारणसभा, ११.७५ प्रतिशत नगद लाभांश दिने

४ बर्ष अगाडि

काठमाडा – मेगा बैंकले यही कात्तिक २९ गते ९औं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभामा गत आर्थिक वर्षको नाफाबाट ११.७५ प्रतिशत नगद लाभांसको प्रस्ताव पेश गर्ने कार्यक्रम छ ।

साधारणसभा प्रयोजनको लागि बैंकले कात्तिक २१ गते बुक क्लोज गर्न भएको छ । कात्तिक २० गतेसम्म कायम शेयरधनीहरुले नगद लाभांस प्राप्त गर्न सक्ने छन ।

साधारणसभामा मर्जरको लागि आवश्यक काम कारबाही अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव अगाडि सारिने छ ।

बैंकले गत आर्थिक वर्षमा रु एक अर्ब ७१ करोड नाफा गरेको थियो। जसमध्ये शेयरधनीहरुको लागि लाभांस बाड्न योग्य नाफा रु एक अर्ब ३५ करोड रहेको छ ।

बैंकको चुक्ता पूँजी रु १० अर्ब ३८ लाख छ । जगेडा कोषमा रु एक अर्ब ८४ करोड छ । 

नगद लाभांस घोषाणापछि दोस्रो बजारमा बैंकको शेयर मूल्य घटिरहेको छ । व्यापारको तुलनामा पूँजी धेरै भएपछि बैंकले पूँजी बढाउनेभन्दा पनि नगदलाई बढि ध्यान दिएको देखिन्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया