केटीएमले खोल्यो अहिलेसम्मको सबैभन्दा ठूलो सर्भिस सेन्टर

४ बर्ष अगाडि

 काठमाडौं – युरोपियन मोटरसाइकल उत्पादक केटीएमले काठमाडौंको सानोगौचरनमा नयाँ सर्भिस सेन्टर खोलेका छ ।

जसको उद्घाटन केटीएमको एक मात्रवितरक हन्सराज हुलासचन्द एण्ड कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले गरेका थिए ।

सर्भिस सेन्टरमा एकै पटक २० वटा बाइकहरु सर्भिसिङ्ग गर्ने क्षमता छ, जुन केटीएमको नेपालमा रहेको सर्भिस सेन्टरहरु मध्येकै अहिलेसम्मको सबैभन्दा ठूलो सर्भिस सेन्टर हो ।

नयाा सर्भिस सेन्टरले केटीएमका ग्राहकहरुलाई प्रिमियम सर्भिसको अनुभूतिको साथै अत्याधुनिक उपकरण र दक्ष प्राविधिकहरुद्वारा उत्कृष्ट सेवा प्रदान गर्नेछ । सर्भिस सेन्टरको मुख्य लक्ष्य नेपालमा बढिरहेका रेसिङ्ग उत्साहीहरुलाई अतुलनीय अनुभूति प्रदान गर्नु हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया