सार्बजनिक भयो चन्द्रयान २ ले पठाएको पहिलो तस्विर

४ बर्ष अगाडि

ईन्डियन अन्तरिक्ष अनुसन्धान सँस्था ईस्रो (आईएसआरओ )  ले चन्द्रमाको सतहको पहिलो तस्विर सार्वजनिक गरेको छ । सो तस्विर ईन्फ्रारेड स्पेक्ट्रोमिटरको सहयताले खिचिएको हो । “चन्द्र सतहको स्पेक्ट्रोस्कोपिक अध्ययन सुरु भएको छ ।” ईस्रोले भनेको छ । ट्विटरमा तस्विर सार्वजनिक गर्दै ईस्रोले सो कुरा बताएको हो ।
 


ईस्रोको यो अनुसन्धानको उदेश्य चन्द्रमाको उत्पति र यसको बिकासक्रम बुझ्नु रहेको छ । यो अनुसन्धान चन्द्रसतहको स्क्यानिङ र चन्द्रसतहमा रहेको मिनेरलको अध्ययनबाट गरिन्छ । 
ईस्रोले सार्वजनिक गरेको तस्बिर चन्द्रमाको उत्तरी गोलार्धको रहेको छ जसमा केहि क्रेटरहरु देख्न सकिन्छ । ईस्रोले भनेको छ, “आईआईएसआर चन्द्रसतहको फरक फरक सतहबाट पराबर्तित सुर्यका रेडियसनहरु नाप्न सक्षम रहेको छ ।” 
लामो मौनतापछि भारतिय अन्तरिक्ष अनुसन्धान सँस्थाले चन्द्रयान २ बाट प्राप्त पहिलो तस्बिर र पहिलो बैज्ञानिक डाटा सार्वजनिक गरेको हो । चन्द्रमाको कक्षमा रहेको चन्द्रयान २ ले यो तस्बिर लगभग १०० किलोमिटर टाढाबाट लिएको हो । 
चन्द्र सतहमा अवतरणको क्रममा ल्यान्डर बिक्रम र रोभर प्रज्ञानको ईस्रोबाट सम्बन्ध बिक्षत भएको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया