मान्छे मरेपछि किन नाकमा कपास कोचिन्छ ? यस्तो छ वैज्ञानिक कारण

कात्तिक १, २०७६ | आजको अर्थ
ajaako_artha

हामी सबैले देखेकै छौँ कि मानिस मरिसकेपछि उसको नाकमा कपास कोचिन्छ । मरेको मानिसले कथन् कदाचित फेरि स्वास फेर्न नपाओस् भन्नका लागि पो यसो गरिएको हो कि ? भन्नुहोला । तर होइन । यसको खास कारण यस्तो छ ।

यसका पछाडि वैज्ञानिक र आध्यात्मिक दुवै कारण रहेका छन् । कुरा गरौँ वैज्ञानिक कारणको । मृत्युपछि मानिसको नाक तथा कानबाट पानी निस्कन्छ । सोही पानी बाहिर नचुहियोस् भन्नका लागि नाक र कानमा समेत कपास कोच्ने गरिन्छ । साथै लासमा निकै छिटो संक्रमण हुने भएको र नाकबाट किटाणुको संक्रमण छिटो हुने हुनाले पनि नाकको प्वाल छोपिदिने गरिन्छ ।

हिन्दु धर्ममा शवको नाकमा कपास कोच्नुको धार्मिक कारण पनि उल्लेख छ । गरुण पुराणका अनुसार मृतकको सरीरका विभिन्न खुला भागहरुमा सुनको टुक्रा राखिदिनुपर्दछ । नाक, कान, आँखा, मुख जस्ता ठाउँमा सुनको टुक्रा राखिदिनुपर्ने यहीँ धार्मिक मान्यता रहेको र नाकको हकमा प्वाल अलिक ठूलो हुने र सुनको सानो टुक्रा खस्ने भएको हुँदा नाकभित्र सुनको टुक्रा हालेर त्यसलाई बाहिरबाट कपासले छोपिदिने गरिन्छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८