चीनमा तेजको मुक्का

४ बर्ष अगाडि

सातौँ विश्व सैनिक खेलकूद प्रतियोगितामा बक्सिङतर्फको ४९ किलो तौल समूहमा आज भएको खेलमा नेपालले म्यान्मालाई पराजित गरेको छ । नेपाली सेनाका जमदार तेजबहादुर देउवाले म्यान्माका खेलाडी माउङक्याव हलालाई ४–१ अङ्कका आधारमा पछि पार्दै प्री–क्वाटरफाइनलमा प्रवेश गर्न सफल भए । 

देउवाले अर्को खेल कात्तिक ४ गते गोयनाका खेलाडी लिविस कोलिनसँग खेल्नेछन् । यहाँस्थित स्पोर्टस् युनिभर्सिटी ज्युम्नासियमा भएको खेलमा देउवाले प्रतिद्वन्द्वी हाललाई पराजित गरेपछि राससँग कुरा गर्र्दै अनुभव र तालीमले सफलता प्राप्त भएको बताए । “अर्को खेल पनि जित्छु भन्ने पूर्ण विश्वास छ”, उनले भने । आजै भएको ९१ किलो बढीको तौल समूहको बक्सिङमा नेपाली सेनाका अमल्दार आशिष दवाडी नाइजेरियाका काजिम समसोनसँग ३–२ अङ्कका आधारमा पराजित भए । 
    
त्यस्तै आजै जुडो (महिलातर्फ), घोडचढी, फेन्सिङ र बीच भलिबल प्रतियोगितामा नेपाली खेलाडी पराजित भएका छन् । ‘इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिल ९सिआइएसएम०’ले प्रत्येक चार वर्षमा गर्ने यो प्रतियोगितामा नेपाली सेनाले पहिलो पटक भाग लिएको हो । प्रतियोगितामा नेपाली सेनाले १३ खेलमा प्रतिस्पर्धा गर्दैछ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया