बैंकिङ सुरक्षाका लागि आयो अमेरिकन सुरक्षा प्रणाली, के प्रभाव पर्ला ?

४ बर्ष अगाडि

काठमाडौँ – अमेरिकी कम्पनी सिथोसले नेपालमा बैंकिङ क्षेत्रलाई लक्षित गरेर आर्टि्फिसियल इन्टेलिजेन्स ‘एआई’ सेवा दिने भएको छ । सो  प्रविधिले बैंकिङ प्रणालीमा जोखिम ब्यवस्थापन, ग्राहक पहिचानमा सहयोग पुग्नेछ ।

सिथोसले एक कार्यक्रम आयोजना गरि बैंकका प्रतिनिधिहरुलाई प्रविधिको जानकारी गराएको थियो । सिथोस अमेरिकाका अध्यक्ष खगेन्द्र जिसीले आर्टि्फिसियल इन्टिलिजेन्स नेपालमा ज्यादै आवश्वक भएकाले सिथोस नेपाल प्रवेश गरेको जानकारी दिए ।

यस्ता प्रणालीले बैंकिङ क्षेत्रले ग्राहकहरुलाई प्रदान गर्ने सेवा सुविधा थप विस्तार हुने नेपाल राष्ट्र बैंकका प्रविधिक विभागका निर्देशक शिवराम दवाडीले जानकारी दिए ।

यस प्रणालीले ग्राहकलाई विभिन्न सेवा पुर्याउनुका साथै कर्जाको मूल्याङ्कन, कर्जा दिन मिल्ने विषयमा सुझावसमेत प्रदान गर्ने सिथोसले जनाएको छ ।

सिथोसले बैकिङ क्षेत्रको नियमन, परिपालना तथा सम्भावित ठगीलाई पहिचान तथा नियन्त्रण गर्ने लगायत प्राविधिक सेवा प्रदान गर्ने सिथोस नेपालका अध्यक्ष दक्ष पौडेल सुवासले जानकारी दिए ।

सिथोसले विकास गर्ने एआई बैंकिङ, बिमा, रियलस्टेट, हस्पिटालिटी लगायत विविध क्षेत्र तथा व्यापार व्यवसायमा प्रयोग गरेर खर्च कम गरी आम्दानी वढाउने छ । आगामी दिनमा सिथोसले नेपालको सहकारी क्षेत्रमा पनि सेवा बिस्तार गर्ने पौडेलले बताए ।

यस प्रणालीले औठा छाप, आवाज, तस्वीर, सन्देश, फोन मार्फत सम्बन्धित व्यक्तिको पहिचान गरी कारोबार गर्नमा सहज गराउने सिथोसले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया