कसले किन्दैछ हिमालयन बैंकको करिब दश अर्बको शेयर

४ बर्ष अगाडि

काठमाडौं – हिमालयन बैंकको करिव रु ९ अर्ब ६७ करोड बराबरको सेयर कारोबार हुन लागेको छ । उक्त सेयर बेलायतको डेभलपमेन्ट फाइनान्स इन्स्टिच्युशन, सीडीसीले किन्न लागेको जनाइएको छ ।

हिमालयन बैंकको कूल १ करोड ७० लाख ४० हजार कित्ता सेयर सीडीसीले किन्ने तयारीमा छ ।  तर कति मूल्यमा कारोबार हुन लागेको हो त्यो खुलाईएको छैन ।

नेप्सेमा १८० दिन कारोबार भएको औसत मूल्य प्रतिकित्ता ५६७ रुपैयाँ ९३ पैसा छ । औसत मूल्यका आधारमा सेयर कारोबार हुने हो भने रु ९ अर्ब ६७ करोड ८७ लाख २० हजार पर्नेछ ।

नेपालमा साधारण सेयरभन्दा संस्थापक सेयर कम मूल्यमा कारोबार हुने गरेको छ । त्यस्तै, ठूलो परिणाममा सेयर कारोबार हुँदा औसत मूल्य भन्दा कम मूल्यमा कारोबार हुने गरेको छ ।

यो कारोबार कति मूल्यमा हुन लागेको हो र यसबाट सरकारले कति राजश्व प्राप्त गर्छ भन्ने अहिलेसम्म आधिकारिक रुपमा कुनै पक्षले बोलेको छैन ।

पाकिस्तानको हविव बैंक र बेलायतको सीडीसीबीच हुने कारोबार नेपालमा नै भए नेपाल सरकारले यसबाट करोडौं राजश्व प्राप्त गर्छ । तर एनसेलको जस्तै विदेशमा नै कारोबार भएको नेपाल सरकार ठगिने सम्भावना छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया