‘सक्किगोनी’का पाँडे र जिग्रीविरुद्द उजुरी

४ बर्ष अगाडि

नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको हाँस्य टेलिश्रृंखला ‘सक्किगोनी’ विरुद्ध मुद्दा दायर भएको छ । उनीहरुविरुद्ध मिडिया हबका प्रमुख सोमप्रसाद धितालले उजुरी गरेका हुन् । 

धितालले आफ्नो हाँस्यटेलिश्रृंखला ‘भ्रद्रगोल’को पात्रहरु अर्को टेलिश्रृंखलामा प्रयोग गरेकाले आफूलाई समस्या परेको भन्दै प्रहरीमा उजुरी गरेका हुन् । 

उनले उजुरीमा कुनै पनि क्षतिपूर्तिको मागदाबी नगरेको बताए ।

‘भ्रद्रगोल’ मा काम गरेका जिग्री–पाँडेको समूहले ‘सक्किगोनी’ निर्माण गरेका हुन् । यसको कथाको पृष्ठभूमि र पात्रहरु भ्रद्रगोलबाटै सारिएका छन् । 

पछिल्लो समय ‘सक्किगोनी’ले निकै लोकप्रियता कमाएको छ भने ‘भ्रद्रगोल’ले भने आफ्नो दर्शक गुमाउँदै गएको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया