संसारभर प्रजनन गर्ने उमेर समूहका हरेक तेस्रो जोडीले कुनै पनि गर्भनिरोधक प्रयोग नगर्ने गरेको संयुक्त राष्ट्र सङ्घको एक अध्ययनले देखाएको छ।
तर प्रयोग गर्नेहरूबीच महिला गर्भनिरोधक उपायहरू सबभन्दा धेरै लोकप्रिय छन्।
विवाहित वा सम्बन्धमा रहेका १९ ५ महिलाहरू स्थायी बन्ध्याकरणमा रुचि राख्ने, १४ ५ महिला कोइल लगाउने गरेको, ९ प्रतिशत महिलाले चक्कीमा निर्भर रहने गरेको र ५ ५ महिलाले सुई लगाउने गरेको पाइएको छ।
प्रत्यक्ष पुरुष सहभागी हुने उपायहरू निकै कम प्रयोग हुने गरेका छन्स ८ ५ कन्डोममा भर पर्छन् र २ ५ ले भ्यासेक्टोमी गर्छन्।
तर सँधै यस्तै थियो भन्ने होइन।
चक्की बन्नु अघि पुरुषहरू गर्भनिरोधमा सहभागी बन्नै पर्ने अवस्था थियो उदाहरणका लागि कन्डोम प्रयोग गरेर।
१९६० मा महिलाले खाने गर्भनिरोधक चक्की ठूलो सङ्ख्यामा उत्पादन हुन थालेपछि महिलाहरूले आफ्नो प्रजननलाई यौनमा सहभागी हुने पुरुषहरूको सहभागिता वा जानकारी विना नै नियन्त्रणमा राख्न सक्ने भए।
अहिले दश करोड महिलाहरू चक्कीको प्रयोग गरिरहेका छन् र यो युरोप अष्ट्रेलिया र न्यूजील्याण्डमा सबभन्दा धेरै प्रयोग हुने गर्भनिरोधको उपाय बनेको छ।
चक्की अफ्रिका, ल्याटिन अमेरिका र उत्तर अमेरिकामा लोकप्रिय यस्ता गर्भनिरोधकमध्ये दोस्रो र एशियामा तेश्रोमा पर्छ।
त्यसयताका दशकमा यस्ता चक्कीले धेरै महिलालाई मातृत्व रोक्न या पछाडि सार्न सहयोग गरेको छ जसले गर्दा उनीहरूले उच्च शिक्षा वा रोजगारी जस्ता कुराहरू पहिले रोज्न पाएका छन्।
त्यसैले गर्भनिरोधक चक्कीलाई धेरैजसो महिला अधिकारको कोशेढुङ्गा र बीसौँ शताब्दीको एक महान् आविष्कारका रूपमा हेरिन्छ।
तर समाज लैङ्गिक समानतातर्फ बढिरहँदा पनि महिलाले गर्भनिरोधक प्रयोग गर्दा मानसिक, सामाजिक, आर्थिक र समय सम्बन्धी जिम्मेदारी बहन गर्दै आउनु परिरहेको छ। त्यसको ुसाइड इफेक्टु त अर्को पाटो भइहाल्यो।
प्रतिक्रिया