आलममाथी थप दुई आरोप लगाईदै

४ बर्ष अगाडि

३ कात्तिक, रौतहट । राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका पूर्वमन्त्री मोहमद आफताव आलमलाई जिल्ला न्यायाधीश चाणकमणि अर्यालको इजलासले  अदालतले थप ५ दिन हिरासतमा राखी अनुसन्धान गर्ने  अनुमति दिएको छ ।

आलमका पक्षमा ८ जना कानून व्यवसायीले बहस गरेका थिए भने सरकारी वकिल खडिण्द्रराज कटुवाल विपक्षमा बहस गरेका थिए  ।

यसअघि उनलाई ७ दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो ।

१२ वर्षअघि भएको बम विस्फोटको घटनालाई लिएर २६ असोजमा आलम पक्राउ परेका हुन् । म्याद थपपछि आलमलाई पुनः जिल्ला प्रहरी कार्यालय रौतहट पुर्‍याइएको छ ।

सांसद आलममाथि थप दुई अभियोग लाग्ने भएको छ ।

सरकारी वकिल कटुवालका अनुसार आलमलाई बमबारुद बनाउने तथा विस्फोटनसम्बन्धी कसुर र घटनाका जिवित घाइतेको बयानका आधारमा ज्यान मार्ने मुद्दा दायर हुनेछ ।

घटनाका संलग्न भएको अभियोग लागेका चार जना फरार छन् भने बम विस्फोटमा घाइते भएकाहरुलाई इँटा भट्टामा लैजान प्रयोग भएको भनिएको ट्याक्टरबारे पनि अनुसन्धान भइरहेको छ प्रहरीले बताएको छ ।

आलमले भने आफूलाई झुठो मुद्दामा फसाइएको प्रतिक्रिया दिएका छन । अदालत फरिसरमा उनले भने, ‘घटना नै नभएका कारण महान्याधिवक्ताको कार्यालयले मुद्दा नचल्ने गरी फैसला गरिसकेको छ । पहिले नै मुद्दा नचल्ने निर्णय भइसकेको केसमा राज्यले षडयन्त्र गरेको छ ।’

४ बर्ष अगाडि

प्रतिक्रिया