के हो डाउन सिन्डोम, यो कसरी हुन्छ ?

४ बर्ष अगाडि

समान्यतया डाउन सिन्ड्रोम  असामान्य खालको क्रोमोजोम र वंशानुगत कारण हुन सक्छन्। बच्चामा डाउन सिन्ड्रोम हुनुको प्रमुख कारण गर्भवती महिलाको उमेर नै हो। बढी उमेरका महिला गर्भवती हुँदा बच्चामा डाउन सिन्ड्रोम हुने सम्भावना बढी हुन्छ।

ढिला बिहे गर्ने अनि ढिलो बच्चा जन्माउँदा यस्तो खतरा हुन्छ। मेडिकल बिज्ञानले सामान्यतया महिलाले ३० वर्षअघि नै बच्चा जन्माइसक्नुलाई  राम्रो मानेको छ। अहिले क्यारियर  लगायत बिभिन्न कारणले  ढिलो विवाह गर्ने र बच्चा जन्माउने प्रचलन बढ्दै गएको छ । यसरी ढिलो विवाह गर्ने र  बच्चा पाउने क्रम सँगै डाउन सिन्ड्रोम भएका बच्चा जन्मिने खतरामा समेत बृद्धि भएको छ। डाउन सिन्ड्रोमको प्रमुख कारण बढ्दो उमेरमा गर्भवती हुनुलाई नै मानिएको छ।

३० बर्षको उमेरपछि महिलाको डिम्वासयमा अण्डाहरू कम हुँदै जान्छ। ३० वर्षसम्म गर्भवती भएका महिलाबाट जन्मिएका बच्चामा डाउन सिन्ड्रोमको सम्भावना कम हुन्छ।

विश्वभर १ हजार गर्भवतीमध्ये १ जना महिलाको बच्चामा यस्तो समस्या देखिन्छ। ४० वर्ष कटेका गर्भवती महिलाहरूलाई आधार मान्दा भने १ हजारमध्ये १३ जना महिलाबाट जन्मेका बच्चालाई डाउन सिन्ड्रोम हुने तथ्यांक छ।

डाउन सिन्ड्रोम भनेको जन्मजात उपचार नहुने क्रोमोसोम असामान्यता हो । यो अवस्था क्रोमोसोम २१ मा एउटा अतिरिक्त क्रोमोसोमको पूरा वा सानो अंश जोडिएको कारणले हुन्छ । यसलाई ट्राइसोमी २१ पनि भनिन्छ । सामान्य व्यक्तिमा ४६ क्रोमोसोम हुन्छ भने डाउन सिन्ड्रोम भएकामा ४७ क्रोमोसोम हुन्छ । यो क्रोमोसोम असामान्यता साधारणतया अधिकांश देखिने मध्ये हो र यो बौध्दिक अपाङ्गताको कारण पनि हो । यो संज्ञान क्षमता र शारीरिक विकासको ढिलाई र अनुहारको आकारको विशिष्ट समूहसँग जोडिएको हुन्छ । सन् १८६६ मा ब्रिटिस चिकित्सक जोन ल्याङडन डाउनले सर्वप्रथम यो क्रोमोसोम असामान्यताको बारेमा व्याख्या गरेका हुनाले उनकै नामबाट डाउन सिन्ड्रोम भनिएको हो।

क्रोमोजोम असामान्य हुने हुनाले यस्ता बच्चाहरुमा गोलो,चेप्टो अनुहार,अति सानो चिउँडो,नेप्टो नाक,माथि फर्केको चिम्से आँखा,मोटो चीरा परेको मुखबाट निस्किराख्ने जिब्रो,खुट्टाको बुढो र दोस्रो अंगुलाबीच फाटो हुने लगायतका लक्ष्यणहरु देखा पर्दछन ।

यिनीहरू हँसिला र निर्दोष देखिन्छन्।

यस्ता बच्चाहरुमा उमेर बढ्दै गए पनि त्यो अनुसारको शारीरिक विकास भने हुँदैन।

डाउन सिन्ड्रोम भएर जन्मेका मानिस ५५, ५६ वर्ष बाँच्ने गरेका छन ।

४ बर्ष अगाडि

प्रतिक्रिया