नेपाल वायुसेवा निगमको काठमाडौं धागढी उडान साढे तीन घण्टा ढिलो गरेको छ ।
विहान ११ बजेर ३५ मिनेटमा अवतरण हुनुपर्ने विमान निर्धारित समय भन्दा लगभग साढे तीन घण्टा ढिलो गरी दिउसो ३ बजेमात्रै अबतरण भएको हो ।
बिहानैदेखि विमानको प्रतिक्षा रहेका यात्रुहरु विमान को ढिलाईको कारण होहल्ला गरेका थिए । त्यसपछि विमानस्थलले साढे एक बजे नै बोर्डिङ पास वितरण गरेको थियो ।
तर बोडिङ पास लिएको य लामो सममयसम्म पनि विमान नआउदा यात्रुहरु अन्योलमा परेका थिए ।
विमानस्थलका कर्मचारीले सुरुमा धनगडी जानुपर्ने बिमान बिराटनगर गएको कारण ढिला भएको जानकारी दिएकाको यात्रु लोकेन्द्र भट्टले बताए ।
तर नेपाल वायुसेवा निगमले भने मौषमको खराबीको कारण ढिला भएको जानकारी दिएको छ ।
प्रतिक्रिया