नेकपाका सांसद गुरुङ साधारण तारेखमा रिहा

४ बर्ष अगाडि

नेकपाका सांसद पार्वत गुरुङलाई जिल्ला अदालत काठमाडौँले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । 

अदालतका न्यायाधीश पुर्णेश्वरप्रसाद उपाध्यायको एकल इजलाशले गुरुङलाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । 

अदालतबाट कर्तव्य ज्यान मुद्दामा पक्राउ पुर्जी जारी भएपछि आइतबार सांसद गुरुङ आफैँ अदालतमा उपस्थित भएका थिए । 

सांसद गुरुङविरुद्द वीरध्वज खड्काले उजुरी दिएका थिए । ०६४ सालमा खड्कालाई काठमाडौंको गौशालामा ज्यान लिने नियतले कुटपिट गरेको अभियोगमा गुरुङविरुद्ध गत असोजमा पक्राउ पुर्जी जारी भएको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया