प्रहरीले जबरजस्ती महराविरुद्ध उजुरी दिन लगायोः रोशनी शाही

४ बर्ष अगाडि

निर्वतमान सभामुख कृष्ण बहादुर महरालाई यौन दुव्र्यवहारको आरोप लगाएकी रोशनी शाहीले प्रहरीलाई दिएको जाहेरी झुटो भएको बयान दिएकी छन्।

उनले प्रहरीले निवर्तमान सभामुख महराविरुद्ध जबरजस्ती उजुरी दिन दवाव दिएका कारण उजुरी दिएको पनि बयानमा उल्लेख गरेकी छन्।

काठमाडौं जिल्ला अदालतमा आइतबार आफैं उपस्थित भएकी रोशनीले न्यायाधीश बाबुराम सुवेदीको इजलासमा प्रहरीको करकापमा आफूले जाहेरी दिन बाध्य भएको लिखित बयान दिएकी हुन्।

अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार उनले प्रहरीको दवावका कारण आफूले जाहेरी दिएको र निवर्तमान सभामुख महरा निर्दोष रहेको उनले बयान दिएकी छन्।

पूर्व महान्यायधिवक्ता रमण श्रेष्ठले पनि रोशनीले अदालतमा प्रहरीमा दिएको उजुरीमा उल्लेख भए अनुसारका आफूमाथि कुनैप्रकारको दुव्र्यवहार नभएको भनी अदालतमा बयान दिएको बताए।

४ बर्ष अगाडि

प्रतिक्रिया