महरालाई थप पाँच दिन हिरासतमा राख्‍न अदालतको आदेश

४ बर्ष अगाडि

काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप पाँच दिन अनुसन्धानका लागि हिरासतमा राख्‍न आदेश दिएको छ।

अदालस्थित सरकारी वकिलको कार्यालयमा भएको बयानपछि महरालाई थप पाँच दिन हिरासतमा राख्‍न आदेश दिएको हो। 

महरालाई असोज १९ गते आइतबार साँझ ६ बजे सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ गरिएको थियो।

गत असोज १२ गते आइतबार साँझ रोशनीको तिनकुनेस्थित डेरामा पुगेका महराले राति पौने ९ बजे आफूमाथि यौन दुराचार गरेको तथा कुटपिटसमेत गरेको उनले आरोप लगाएकी छिन्।

४ बर्ष अगाडि

प्रतिक्रिया