स्वास्थ्य शिविरमा पाँच सयको उपचार

४ बर्ष अगाडि

पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीमा रहेको पूर्णेश्वर माविमा निःशुल्क बृहद स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

विद्यालयको स्वर्ण महोत्सवको अवसरमा लायन्स क्लब अफ पोखरा पिस चौतारी, विद्यालयको स्वर्ण महोत्सव मूल आयोजक समिति र पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो । शिविरमा फिस्टेल हस्पिटल पोखराका विशेषज्ञ चिकित्सक तथा इडित क्राउन युनिभर्सिटी अष्ट्रेलियाका नर्सहरुले बिरामीलाई स्वास्थ्य जाँच गर्नुका साथै औषधि वितरण गरेका थिए।
 
सो अवसरमा स्त्री तथा प्रसूति, हाड जोर्नी तथा नसा, बालरोग र सामान्य चिकित्सासम्बन्धी क्षेत्रका विशेषज्ञ चिकित्सकद्वारा ४८८ को स्वास्थ्य परीक्षण गरिएको थियो । इसिजी, भिडियो एक्सरेसहितको निःशुल्क स्वस्थ्य जाँच र औषधि पाएपछि लामो समयदेखि उपचार गर्न नसकेका स्थानीयवासी लाभान्वित बनेका छन् ।

उक्त अवसरमा विद्यालयका १०० छात्रालाई सेनिटरी प्याड, १०  विपन्न बालबाालिकालाई जनही रु पाँच हजारका दरले छात्रवृत्ति, विद्यालयलाई खेलकूद सामग्री, शैक्षिक सामग्री, प्राथमिक उपचार सामग्री, पुस्तक, पानी छान्ने र तातोचिसो पानी पिउने फिल्टरलगायतको करीब रु दुई लाख बराबरको सामग्री वितरणसमेत गरिएको थियो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया