ग्यास्ट्रिकको उपचार  ‘एलोभेरा’, कसरी प्रयोग गर्ने ?

४ बर्ष अगाडि

काठमाडौं । पेटमा हल्का जलन हुनुदेखि लिएर एकदमै पिडा दिनेसम्म ग्यासको असर हुने गर्छ । ग्यास्ट्रिकले लगभग हरेक व्यक्तिलाई सताउँछ ।

 यसबाट कैयौं नेपालीहरु पीडित छन् । हाम्रो खानपानले गर्दा पनि पेटमा ग्यास जम्मा हुने गर्छ । यसको समाधानका लागि कैयौं उपायहरु रहेका छन् । 

त्यसमध्ये आज एलोभेरा अर्थात घ्युकुमारीको प्रयोगले कसरी समाधान गर्न सकिन्छ भन्नेबारे चर्चा गरौं । 

सामग्री 

–दुई चम्चा ताजा एलोभेरा जेल

–एक गिलास पानी

 कसरी प्रयोग गर्ने ?

–एलोभेरा जेललाई पानीमा राम्रोसँग मिसाएर पिउने ।

कतिपटक प्रयोग गर्ने ?

– तपाई दिनभरमा एक देखि दुई गिलास पिउन सक्नुहुन्छ । 

 कसरी फाइदा पुर्याउँछ ?

– पेटमा ग्यास भरिने गर्दा जलन हुन्छ, यसलाई समाधान गर्न सबैभन्दा उत्तम उपाय एलोभेरा जेल रहेको छ । एलोभेरामा एन्टीइम्फ्लेमेटरी गुण रहेको हुन्छ । जसले पेटमा हुने ग्यास भरिएर पेट पोल्नबाट बचाउँछ । 

यसका साथै यसले एन्टीसेप्टीक एजेन्टी पनि रहेको छ, जसको काम संक्रमण फैलाउने ब्याक्टेरियालाई मार्ने गर्छ । ग्यासको समस्याबाट छुटकारा पाउनको लागि एकपटक यो उपाय अवश्य प्रयोग गर्नुहोला । 

४ बर्ष अगाडि

प्रतिक्रिया