कुन बैंकको सिइओको तलब कति ?(सूचि सहित)

४ बर्ष अगाडि

काठमाडौं – अहिलेसम्म गत आर्थिक बर्षको साधारणसभा ६ बैंकले गरिसकेका छन्। उनीहरुले बार्षिक प्रतिवेदनमा प्रमुख कार्यकारी अधिकृतको तलव सुविधा सार्बजिनक गरेका छन्।

प्रतिवेदन बैंक अफ काठमाण्डू, सानिमा, कुमारी, माछापुच्छ्रे, सिटिजन्स र एनआइसी एसिया बैंकले सार्बजनिक गरेका छन्। 

प्रतिवेदनअनुसार, सबैभन्दा बढि तलव सुविधा बैंक अफ काठमाण्डूले आफ्नो प्रमुख कार्यकारी अधिकृतलाई दिने गरेको छ। बैंकले बार्षिक २ करोड ३२ लाख ८५ हजार रुपैयाँ पारिश्रमिक दिने गरेको प्रतिबेदनमा उल्लेख गरेको छ।

प्रतिवेदनअनुसार, सबैभन्दा कम तलव दिनेमा सिटिजन्स बैंक परेको छ । सिटिजन्स बैंकको ९२ लाख १२ हजार रुपैयाँ पारिश्रमिक दिने गरेको छ। यसमा नाफाबाट बोनस र कल्याणकारी कोषको सुविधा जोडिएको छैन।

४ बर्ष अगाडि

प्रतिक्रिया