हप्किडोमा प्रदेश नं ५ उत्कृष्ट

४ बर्ष अगाडि

परिवर्तन गाउँपालिकामा भएको शहीद स्मृति हप्किडो राष्ट्रिय प्रतियोगितामा प्रदेश नं ५ पहिलो भएको छ । आइतबार सम्पन्न उक्त प्रतियोगितामा प्रदेश ५ ले आठ स्वर्ण पदक जितेको छ । 

प्रतियोगितामा छ स्वर्णसहित प्रदेश नं ३ ले दोस्रो तथा तीन स्वर्णसहित कर्णाली प्रदेश तेस्रोे भएको छ । प्रतियोगितामा महिलातर्फ प्रदेश ५ की कविता घर्तीमगर र पुरुषतर्फ प्रदेश ३ का विशाल खड्का उत्कृष्ट खेलाडी घोषित भए । 

उक्त प्रतियोगितामा आयोजकसहित सात प्रदेशका खेलाडी सहभागी थिए । प्रतियोगितामा पुरुष र महिलातर्फ ३५ किलोदेखि ७० किलो तौल समूहका खेलाडीले सहभागिता जनाएका थिए । उक्त प्रतियोगितामा १६ स्वर्ण, १६ रजत र ३२  कास्य पदकका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगिता सञ्चालन गर्न यहाँका स्थानीय तह र प्रदेश सरकारले सहयोग गरेका थिए ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया