सुपरहिट ‘वार’: ‘सुल्तान’, ‘पद्मावत’लाई पछाडि पार्दै ३०० करोड कमायो

४ बर्ष अगाडि

बलिउड अभिनेता ऋतिक रोशन र टाइगर श्राप अभिनित फिल्म ‘वार’ ले ‘सुल्तान’, ‘पद्मावत’को रेकर्ड तोडेको छ । फिल्मले १९ औं दिनसम्म ३०० करोड कमाई गरेको छ भने कुल कमाई ३०४ करोड भएको छ ।

यस हिसाबले यो फिल्मले हलिउडको ‘एभेन्जर एण्डगेम’ को डोमेस्टिक कलेक्सन ३७३ करोड भन्दा बढी कमाउने अनुमान गरिएको छ ।

बक्स अफिसमा जम्मा कलेक्शनको अनुसार सलमान खानको २०१६ मा रिलीज भएको फिल्म ‘सुल्तान’ र दीपिकाको २०१८ मा रिलीज भएको फिल्म ‘पद्मावत’लाई पछाडि पारेको छ । सुल्तानको कलेक्शन ३०० करोड थियो भने पद्मावतको ३०२ थियो । भने वारले १९ दिनमा नै ३०४ करोड कमाएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया