शिलान्यास भयाे देशकाे पहिलाे सुरुङमार्ग, ४२ महिनाभित्र निर्माण सम्पन्न भइसक्ने

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानी भित्रिने मुख्य नाकाका रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको सोमबार शिलान्यास गरेका छन् ।

चन्द्रागिरि नगरपालिकास्थित दहचोकमा आयोजित एक विशेष समारोहका बीच प्रधानमन्त्रीले सुरुङमार्ग शिलान्यास गरेका हुन् ।

सुरुङमार्ग निर्माणका लागि ५ अर्ब ५० करोड २ लाख १३ हजारमा जापानी कम्पनीसँग सम्झौता भइसकेको छ ।

२.६८८ किलोमिटर लामो हुने सो सुरुङमार्ग आगामी ४२ महिनाभित्र निर्माण सम्पन्न भइसक्ने बताइएको छ ।

उद्घाटन समारोहमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, नेपालका लागि जापानी राजदूत, जाइकाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

सुरुङमार्फत निर्माणका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले सहुलियत ऋण उपलब्ध गराउने जनाइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया