स्कुलकी सामान्य शिक्षिका नीता कसरी भइन् अरबपति मुकेश अम्बानीकी श्रीमती ?

कात्तिक ४, २०७६ | आजको अर्थ
ajaako_artha

एजेन्सी । नीता अम्बानीको जन्म सन् १९६३ नोभम्बर १ मा भएको थियो । नीता  दलाल रबिन्द्र दलाल र पुर्णिमा दलालकी सुपत्री हुन् । मुम्बइको सान्टाक्रुजमा उनीहरुको बसाइ रहेको थियो । नीता अम्बानीकी एक बहिनी रहेकी छिन् जो स्कुल टिचर हुन् । 

 उनले नर्सी मोन्जी कलेज अफ कमर्स एण्ड इकोनोमिक्सबाट बि कमको अध्ययन पुरा गरेकी थिइन् । उक्त कलेज मुम्बईमा रहेको छ । 

बाल्यकालदेखि नै नृत्यको सौखिन रहेकी उनले भारत नाट्यम पनि सिकेकी छिन । उनले विवाह पुर्व विभिन्न कार्यक्रममा नृत्य पनि प्रस्तुत गरेकी थिइन् । 

मुकेश अम्बानीका पिता धिरुभाइ अम्बानीले नितालाई एक नृत्य कार्यक्रममा भेटेका थिए । उनले नितालाई केही दिनसम्म विशेष काम छ भनी बोलाइ राखेका थिए । अन्ततः उनले आफ्नो मनको कुरा भने छोडे । उनले आफ्नो ठुलो छोरा मुकेश अम्बानीलाई भेट्न आग्रह गरे । उनले पनि नाहिँनास्ती गर्न सकिनन् । त्यसपछि उनको भेट मुकेश अम्बानीसँग भयो । 

मुकेश र नीता  बारम्बार भेट गर्न थाले । अन्ततः ती भेटहरु प्रेममा परिणत हुन बेर लागेन । मुकेशले आफ्ना मनका भावनाहरु थाम्न सकेनन् । मुम्बईको अत्यन्त व्यस्त स्थलमा मुकेशले नितालाई प्रपोज गरे । निताले आफ्ना भावनाहरु नियन्त्रण गरिन् । तर, उतिखेरै भने उनले प्रस्तावलाई अस्वीकार पनि गरिनन् । सन् १९८५ मा मुकेश र नीताको विवाह भयो । विवाह गर्दा निता २२ वर्षकीमात्र थिइन् । विवाह पुर्व टिचर पेशा अपनाइ रहेकी उनले विवाहपछि पनि केही वर्ष पढाउने काम गरिन् । 

यी दम्पत्तिको दुई छोरा र एक छोरी सन्तान रहेका छन् । नीता अम्बानीले आइभिएफ मार्फत दुई जुम्ल्याहा सन्तानलाई जन्म दिएकी हुन् । निता अम्बानीलाई पौडी खेल्न, नाच्न, र आफ्ना सन्तानहरुसँग समय बिताउन एकदमै मनपर्छ । 

 नीता  अम्बनीको तौल कुनै समय ९० केजीभन्दा बढी थियो । उनले आफ्नो छोरा अनन्तलाई तौल घटाउन ठुलो प्रेरणा दिने काम गरेकी थिइन् । 

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८