पानीका कारण ८ अर्ब बढीको विद्युत उत्पादन हुन सकेन

४ बर्ष अगाडि

काठमाडौं – माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको विद्युतगृहभित्रका टर्वाइनसहित उपकरण जडान भएको झण्डै एक वर्ष पूरा हुन लागेको छ ।

विद्युतगृहभित्रका विद्युत उत्पादनका लागि आवश्यक टर्वाइन, जेनेरेटर, एमएरओभी लगायतका सबै सामान कम्प्युटर प्रणाली समेत जडान गरी सुक्खा परीक्षण भएको पनि १० महिना पूरा भएको छ।

हेडवर्क्सबाट पानी आएको भए यी जडान भएका उपकरणबाट अहिलेसम्म ८ अर्ब बढीको विद्युत उत्पादन भइसक्थ्यो । यी सबै उपकरण पानीकै प्रतिक्षामा छन् ।

जडान भएका उपकणमा ठाडो सुरुङसहित ठाडो सुरुङ छेउमा कमजोर ठाउँ समेत गरी ९ सय मिटर पेनस्टक पाइप जडान गर्नुपर्छ । यही मार्गबाट आएको पानीबाट घुमेका उपकरणबाट विद्युत निस्केपछि ३ किलोमिटर टेलरेस सुरुङमार्फत पानी पुन नदीमै मिसिन्छ । 
कारोबार दैनिकबाट

४ बर्ष अगाडि

प्रतिक्रिया