१० हजार पर्यटक फेवातालमा

४ बर्ष अगाडि

दशैं टीकाको अन्तिम दिन अर्थात् कोजाग्रात पूर्णिमाको अवसरमा आइतबार पोखराको फेवातालमा १० हजारभन्दा बढीले डुंगा सयर गरेका छन् ।

पर्यटकीय नगरी पोखराको फेवातालको बीच भागमा रहेको तालबाराही मन्दिरमा दर्श गर्न जानेहरु डुंगा सयर गरेर गएको हुनाले एकै दिनमा १० हजारभन्दा डुंगा व्यवसायी संगठनका अध्यक्ष बुद्धिबहादुर नेपालीले बताए ।

उनका अनुसार यस वर्षको दशैं पर्वको अवसरमा करिब २५ देखि ३० हजार जनाले डुंगा सयर गरेका छन् ।

उनले भने,यस वर्षको दशैं पर्वको अवसरमा पछिल्लो दुई दिन बाहेक अधिकांश दिनमा पानी परेर अघिल्ला वर्षको तुलनामा यस वर्ष केही कम पर्यटक तथा दर्शनार्थीहरु तालबाराही मन्दिरमा दर्शन आएका हुन् ।
कारोबार दैनिकबाट

४ बर्ष अगाडि

प्रतिक्रिया