चिनमा अमेरिकामा भन्दा धेरै सम्पन्न नागरिक

४ बर्ष अगाडि

धनी नागरिकको संख्याको आधारमा चीनले अमेरिकालाई उछिनेको छ ।  सम्पन्न चिनियाँ नागरिकको संख्याले अमेरिकी धनीको संख्यालाई पहिलो पटक उछिनेको हो । 

क्रेडिट स्वीस बैंकको रिपोर्टमा यो परिणाम उल्लेख छ । उक्त बैंकको वार्षिक समृद्धि सर्वेक्षणले विश्वको सबैभन्दा धनी मानिसको शीर्ष १० प्रतिशतमा १० करोड चिनियाँ मानिस रहेको र सो मापनमा अमेरिकीको संख्या ९.९ करोड मानिस देखाएको छ । 

रिपोर्टले ‘उदाउदो अर्थतन्त्रबाट पूर्ण बजार अर्थतन्त्रतर्फ तीव्र रुपान्तरण भइरहेको चीन’ले ठूलो संख्यामा धनाढ्यको संख्या निर्माण गर्न सघाएको बताएको छ । 
‘पछिल्लो एक वर्षदेखि अमेरिका र चीनबीच व्यापार तनावको बावजुद धन निर्माणमा दुवै देशले बलियो प्रदर्शन गरेका छन् ।

अमेरिका र चीनले क्रमशः ३८ खर्ब डलर र १९ खर्ब डलर नयाँ धन सिर्जना गरे ,’ क्रेडिटस्वीसको अर्थशास्त्र र अनुसन्धान विभागको विश्व प्रमुख ननेट हेक्लर–फेदहेरर्वले भनिन् । 
विश्वको शीर्ष धनाढ्य १० प्रतिशतमा पर्नको लागि १ लाख ९ हजार ४३० अमेरिकी डलर वचत भएको हुनपर्छ । यो मापनका आधारमा चीन अमेरिकाभन्दा अघि भएको भए पनि अत्यन्त धनीको हकमा भने अमेरिका निकै अगाडि छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया