‘छ माया छपक्कै’ को व्यापार दश करोड नाघ्यो

४ बर्ष अगाडि

फिल्म ‘छ माया छपक्कै’ले प्रदर्शनको दोस्रो साता पनि राम्रो ब्यवसाय गर्न सफल भएको छ ।

फिल्मले प्रदर्शनको पहिलो साता झै दोस्रो साता पनि राम्रो व्यवसाय गरिरहेको निर्माता रोहित अधिकारीको भनाइ छ । 

‘फिल्मले गत शनिबार पहिलो साताझै देशभरका हलमा हाउसफलुको ब्यवसाय गर्यो’ अधिकारीले भने ‘अहिले पनि सबै चलचित्र भवनमा दर्शक राम्रो देखिएका छन् ।’ दर्शकको उपस्थिति अनुपात बढ्दो क्रममा भएकाले फिल्मले अझै केही साता राम्रो व्यवसाय गर्ने अधिकारीले बताए । 

प्रदर्शनको दुई दिन अर्थात २४ र २५ असोजमै तीन करोडको व्यवसाय गर्न सफल फिल्मले अहिलेसम्म दश करोडको व्यवसाय गरेको निर्माता अधिकारीले दाबी गरे ।

४ बर्ष अगाडि

प्रतिक्रिया