पोलिग्राफ परिक्षण गर्न आलमद्धारा अस्विकार

४ बर्ष अगाडि

इँटाभटामा ज्युँउदै, बम बनाउँदै गर्दा पड्केर घाइते भएकाहरूलाई पोलेर मारेको आरोप लागेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमले पोलीग्राफ परिक्षण गर्न अस्वीकार गरेका छन्।

प्रहरी स्रोतका अनुसार, पोलिग्राफ टेस्ट गर्न आलमले असहमती जनाएका हुन ।

पोलिग्राफलाई भरपर्दो प्रमाण नमानिए पनि कुनै व्यक्तिले घटनाका बारेमा साँचो झुटो के बोल्यो भन्ने पत्ता लगाउन यो प्रविधि र परिक्षणले धेरै सघाउ पुर्‍याउछ ।

यसैगरी उनको सरकारी वकिलसमक्षको बयान सकिएको छ। बयानमा उनले १२ वर्ष अगाडि घटेको सो घटना घट्दै नघटेको बताएका छन्।

यसक्रममा सोधिएका सबै प्रश्नमा आलमले इन्कारी बयान दिदैं आफूले घटनामा मारिएका र जाहेरीवालाहरूलाई चिन्दैनचिन्ने बताएको प्रहरीले जानकारी दिएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया