सावधान! गर्भावस्थामा मसेलादार खाना खानुहुन्छ ?

४ बर्ष अगाडि

तपाईंलाई हेक्का हुनुपर्छ, गर्भवतीले जे खन्छन्, त्यसको सोझो प्रभाव गर्भको बच्चालाई पर्छ । मदिरा पिउनुहुन्छ, चुरोट सेवन गर्नुहुन्छ भने, गर्भमा रहेको बच्चालाई त्यसले प्रत्यक्ष हानी गर्छ । जब बच्चा जन्मन्छन्, उनीहरु शरीरमा रोग बोकेर आउँछन् ।

यसरी गर्भमै बच्चालाई यातना दिने वा स्वाथ्य राख्ने ? त्यो तपाईंमा भर पर्छ ।

गर्भावस्थामा महिलाहरुले स्वस्थ खाना खाने एवं साधाराण व्यायाम गर्नाले गर्भमा रहेको बच्चा र आमा दुवै स्वस्थ हुन्छ । साधारणतया महिलाहरु जब गर्भवति हुन्छ, तब के खानु हुन्छ र के खानु हुँदैन भन्ने जानकारीको लागि डाक्टरसँग सल्लाह लिने गर्दछ ।

आफ्नो शरीरलाई स्वस्थ राख्नको लागि पोषणयुक्त खाना खानु पर्छ । पोषणयुक्त खानाको साथसाथै सही डाइटको लागि सही तरिका पनि अपनाउनु पर्ने हुन्छ । हामीमध्ये कैयौ यस्ता व्यत्तिहरु प्नि छन जो सन्तुलित आहार भन्दा पनि आफ्नो मनपर्ने खाना जथाभावी रुपमा खाइरहेको हुनछ । चाहे त्यो स्वस्थ होस् वा नहोस् । यस्तै प्रकारको लापरवाही गर्भवती महिलाहरुले पनि गरेको हुन्छ । गर्भवती महिलाले स्वस्थ खाना खानुपर्छ जसले गर्भमा रहेको शिशुलाई फाइदा होस ।

मसला भएको खानाको लागि पनि गर्भवति महिलाहरु दुविधामा हुने गर्दछ कि मसला भएको खाना खानु राम्रो हो यो होइन । आज हामी तपाईहरुलाई यस्को बारेमा केही जानकारी दिदै छौं ।

गर्भावस्थामा पीरो खाना
विशेषज्ञको अनुसार गर्भावस्थाको केही महिना धेरै नै महत्वपुर्ण हुने गर्दछ किनकि यहि समयमा अधिकाशं महिलाहरु गर्भपात हुने गरेको छ । त्यसैले यो समयमा खानपानमा पुरै सावधानी अपनाउनु पर्ने हुन्छ । शुरुवाती महिनामा गर्भवती महिला आफू विरामी भएको महशुस गरेको हुन्छ ।

तर, यो समस्या गर्भवती महिलाको सुध्ने क्षमता अधिक हुने भएकोले हुने हो । यहि कारण महिलाहरु धेरै मसला भएको खाना खान डराएको हुन्छ । पीरो खानाले गर्भपात त हुँदैन तर यसले डायरिया भने हुन सक्छ । शरीरमा पानीको कमी हुन सक्छ ।

गर्भावस्थाको पहिलो चरण पीरो खाना खानु उचित हुँदैन । आमाको पेटमा रहेको शिशुलाई एमनिओटिक फ्लुइडले शिशुलाई सुरक्षा प्रदान गर्ने भएको हुनाले गर्भवती महिलाले आफूलाई उचित लागेमा केही मात्रामा पीरो खाना खान सकिन्छ । किनकि पेटमा रहेको शिशु स्वाद चाख्नको लागि सुध्ने क्षमता हुँदैन ।

तर कति गर्भवती महिलाले आफु गर्भवती भएको समयमा मसला भएको खाना खादाँ शिशु हाच्युव सुनेको पनि भनेको छ भने कसैले पीरो खाना खादाँ गर्भको शिशुले लाती हानेको पनि जानकारी दिएको छ । तर यदि तपाई यस्तो कुनै प्रकारको महसुस नभएमा पीरो खाना खान सकिन्छ । यसले गर्भको शिशुलाई कुनै प्रकारको असर गरेको हुँदैन ।

पीरो खाना नखानुको कारण
दिन वित्दै जाँदा गर्भको शिशुको आकार पनि बढ्दै जाने हुनाले पेटमा शिशुको लागि ठाउँ कम हुन जान्छ । यहि कारण पेटको आकार पनि बढ्न थाल्छ । शिशुलाई सामान्य क्रियाको लागि पेटमा ठाउँको अभाव भएको हुन्छ ।

जसको कारण पेटको एसिड एसोफेगन हुँदै बाहिर निस्कन्छ । यदि तपाई गर्भवती हुनु भन्दा पहिला पीरो खाने गरेको छैन भने गर्भावस्थामा पनि पीरो खाना खान कम गर्नु पर्छ । गर्भावस्थाको समयमा शिशु आकार बढ्दै जादाँ आमाको शरीरमा पनि केही परिवर्तन भएको हुन्छ । यो परिवर्तन शारीरिक र भावनात्मक रुपमा पनि हार्मोको कारणले हुने गर्दछ । पीरो खानाले कुनै पनि हालत गर्भको शिशुलाई नोक्सानी पर्‍याउँदैन ।

४ बर्ष अगाडि

प्रतिक्रिया