बालाजुबाट दुर्गेश थापा पक्राउ

४ बर्ष अगाडि

गायक तथा मोडल दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई बालाजुबाट पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाकाअनुसार, थापालाई अहिले टेकुमा राखिएको छ ।

गायक थापाले ‘ह्याप्पी तिहार चिसो बियर...’बोलको गीत युट्युबमा राखेका छन् । गीतमा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने अंश समावेश भएकाले त्यसलाई युट्युबबाट हटाउनुपर्ने भन्दै उजुरी परेको हो ।

गीतमा तिहारको बेला बियर खानुपर्ने प्रचार गरेका कारण सामाजिक सञ्जालमा पनि गीतको चौतर्फी आलोचना भइरहेको छ । प्रशासनको आग्रहमा गायक थापालाई प्रहरीले पक्राउ गरेको हो । युट्युबबाट गीत हटाए थापालाई छाडिदिने अन्यथा थुनामा राख्ने महाशाखाका प्रमुख थापाले बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया