हकप्रद निष्काशन गर्दै एनएमबि लघुवित्त

४ बर्ष अगाडि

एनएमबि लघुवित्त वित्तीय संस्थाले आइतबारबाट  हकप्रद शेयर निष्काशन गर्ने भएको छ। 

संस्थाले  चुक्ता पूँजी वृद्धि गर्न यहि कार्तिक २४ गते आइतबारदेखि चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरले २४ करोड ३० लाख ९ हजार ३७५ रुपैयाँ बराबरको २४ लाख ३० हजार ९३ दशमलव ७५ कित्ता हकप्रद जारी गर्नेछ ।

हकप्रद निष्काशनपछि ४० करोड ५० लाख १५ हजार ६२५ रुपैयाँ चुक्ता पूँजी पुराउने लक्ष्य बोकेको संस्थाको हाल १६ करोड २० लाख ६ हजार २५० रुपैयाँ चुक्ता पूँजी रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया