एघार पर्षपछि गाँउमा बिजुली बल्यो

४ बर्ष अगाडि

पाल्पा – पाल्पाको निस्दी गाँउपालिका ५ को गल्धाफाँट क्षेत्रमा एघार वर्षपछि बिजुली बलेको छ । विद्युतीयकरणका लागी काम थालनी भएको ११ वर्षमा बलेपछि गाँउवासी खुशी छन् । स्थानीय लालीगुँरास विद्युत् सहकारीले जिम्मेवारी लिएर वि सं २०६५ देखि गाँउमा विद्युत् सेवा सञ्चालनका लागी काम अगाडी बढा्इएको थियो । 

सहकारीले दुई वर्ष अघिदेखि तीव्र रुपमा विद्युत् विस्तारको काम गरेपछि गाँउमा बिजुली बत्ती बल्न थालेको छ । बत्तीमुनिको अध्याँरोमा बसेका साविक गल्ध गाविस वडा नं ८ र ९ का २०० घरधुरीमा बिजुली पुगेपछि गाँउ नै झिलिमिलि बनेको छ । 

लामो समयको प्रयासपछि ११ केभीको राष्ट्यि प्रसारण लाइनबाट गाँउमा विद्युत् सेवा पुर्याउन सफल भएको सहकारीका अध्यक्ष दुर्गा सोमैले बताए । गा्रमिण भेग भएकाले जो कसैले पनि जिम्मेवारी लिएर काम गर्न चाहदैनन् ,बजारदेखि टाढा रहेको यस क्षेत्रमा स्थानीयको सहयोगमा सहकारीले गाँउमा विद्युत् विस्तारको जिम्मा लिएर काम गरेको हो ,उनले भने । 

विद्युतीकरणका दागी उपभोक्तालाबाट प्रतिघरधुरी दश हजार रुपैयाँ उठाइएको छ । वर्षैदेखि टुकीको भरमा जीवन बिताएका नागरीक अहिले बिजुली बत्ती बलेपछि खुशी भएको स्थानीय गंगा पड्गेनी बताउँछिन् ।

यस क्षेत्रमा विद्युत् लाइन नहुँदा पठनपाठन, कुटानी पिसानी र मोबाइल चार्ज गर्न निकै कठिन भोग्दै आइरहेको उनको भनाइ थियो । अब विद्युत् सेवा उपभोग गर्न पाइने भएपछि वर्षैदेखिको बिजुली बाल्ने सपना पूरा भएको पंगेनीले बताइन् । यस क्षेत्रमा विद्युत् लाइनको अभावमा विद्यालय, विभिन्न संघसंस्थामा काम गर्न समस्या थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया