दुर्गेशले हटाए विवादित ‘तिहार गीत’

४ बर्ष अगाडि

गायक दुर्गेश थापाको विवादित ‘तिहार गीत’ अन्ततः यूट्यूवबाट हटाइएको छ । प्रहरीको अनुरोधमा गीत हटाउन आफू तयार भएको थापाले  बताए ।

थापाको गीतका विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । जिप्रकाले महानगरीय प्रहरी अपराध महाशाखा टेकुलाई पत्र लेखेको थियो । सोही पत्रका आधारमा आजै महाशाखाले गोंगबुबाट थापालाई पक्राउ गरेको छ । थापा अहिले पनि महाशाखामा नै छन् ।

‘म अहिले उहाँहरुसँग छलफलमै छु, उहाँहरुले हटाउनुपर्छ भनेपछि यूट्यूवबाट हटाइएको छ,’ थापाले भने । गीत हटाएपछि प्रहरीले आफूलाई छाड्ने उनले आशा गरे ।

थापाले देउसीलाई विकृत तरिकाले प्रस्तुत गरेको र संस्कृति विगारेको आरोप लागेको छ । साथै गीतमा वीयरको प्रचार पनि गरिएको छ । यूट्यूवमा राम्रो भ्यूज बटुले पनि अत्यधिक आलोचना भएको थियो । 

थापाको च्यानलबाट गीत हटे पनि अन्य व्यक्तिहरुले कपि गरेर यूट्यूबमा राखेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया