सडक र पुललाई ९२ करोड

४ बर्ष अगाडि

दाङ – प्रदेश ५ सरकारले दाङमा सडक र पुल निमार्णका लागी ९२ करोड रुपैँया रकम छुट्याएको छ । जिल्लाका ८९ सडक र ३ तीन पुल निर्माणका लागी चालु आर्थिक पर्ष २०७६–०७७ का लागी प्रदेश सरकारले ९२ करोड ८६ लाख रकम छुट्याएको पूर्वाधार कार्यालय दाङले जानकारी दिएको छ । 

प्रदेश सरकारले यो वर्ष जिल्लामा सडक तथा पुल निमार्ण कार्यक्रमअन्तर्गत ८६ करोड ६६ लाख रुपैयाँ र सर्शत अनुदानतर्फ जिल्लाका १२ सडक निमार्णका लागी ६ करोड २० लमख रुपैयाँ आएको पूर्वाधार कार्यालय दाङका प्रमुख वाशुदेव भण्डारीले जानकारी लिए र यो बजेटबाट जिल्लाका विभिन्न स्थानमा ८९ सडकहरु मर्मत र स्तरोन्ती गर्ने सम्मका काम भएको भण्डारीले बताए ।

विगतका वर्षमा जस्तै यो वर्षमा पनि सडक बिस्तार, ग्राभेलसँगै सडक कालोपत्रे गरिनेछ,  उनले भन । त्यसका लागी अहिले प्रक्रिया पुर्याएर टेण्डर आह्वान गर्ने काम भइरहेको छ । यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया