विश्वकै महंगो तरकारी, भाउ सुन्दैमा अच्चम

४ बर्ष अगाडि

विश्वमा स्थान, मौसम अनुकुल धेरै थरिका तरकारीहरु फल्ने गर्छन् जसलाई अधिकांशले मिठो मानेर खान्छन् । पोषक तत्वले भरिएको गुणकारी तरकारीको मुल्य अहिले आकासिएको छ तर विश्वमा एउटा यस्तो तरकारी पनि छ जसको भाउ सुन्दा नै रिंगटा लाग्छ । जसलाई खरिद गरेर खाने हत्तपत्त कसैको हिम्मत नै हुँदैन ।

होप सूट्स नामको एउटा तरकारी पा्ईन्छ जसको मुल्य विश्वमा नै सर्वाधिक महंगो छ । यसको मुल्य १ हजार युरो अर्थात झन्डै १ लाख ३० हजार नेपाली रुपैयाँ प्रति केजी पर्छ । बिकसित देशहरुमा भने यसको माग दिनानुदिन बढ्दो छ । यो निकै गुणकारी छ यसलाई तरकारी बनाएर मात्र होईन अचार बनाएर पनि खान सकिन्छ भने यसको फूल पनि हुन्छ निकै स्वादिलो हुने गर्छ । यो तरकारीको सबैभन्दा बढी माग बेलायतमा हुन्छ ।

ब्रिटेन, जर्मन समेत धेरै युरोपियन देशहरुमा यसको खेती गरिन्छ । यसलाई जंगलमा बसन्त ऋितुको समयमा लगाइन्छ । तर बाह्रै माहिना उमार्न सकिन्छ । जाडो मौसममा यसको बोट मर्छ । एकदमै चाडो बढ्ने यो तरकारीको रंग बैजनी हुन्छ ।

बढ्दै गएपछि हरियो रंगको हुन्छ । तव यो तरकारी खानको लागि योग्य हुन्छ । यो तरकारी यति छिटो छिटो बढ्छ की यसलाई समयमा नै काटिएन भने लहरा बन्छ जो खानको लागि उपयुक्त हुँदैन ।

४ बर्ष अगाडि

प्रतिक्रिया