अब विकास र समृद्धिको नतिजा देखा पर्दै जान्छः मन्त्री पुन

४ बर्ष अगाडि

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारका कामको नतिजा देखिने बेला आएको बताएका छन् । 

पश्चिम नवलपरासीको परासीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पहिलो वर्ष सरकारले विकासको आधार तयार पारेको र अव विस्तारै नतिजा देखिदै जाने बताए ।     
“झट्ट बाहिरबाट हेर्दा केही नभएको जस्तो देखिए पनि अव सरकारका कामको नतिजा देखिन थाल्छ, हामी पहिलो वर्ष आधार तयार पार्न लाग्यौ,” उनले भने “अव विकास र समृद्धिको नतिजा देखा पर्दै जान्छ, सरकारले गरेका काम जनतासम्म पु¥याउनुपर्ने दायित्व पार्टीको पनि हो ।”     
     
मन्त्री पुनले सरकारले दीर्घकालीन विकासका आधार तयार पारेको उल्लेख गर्दै विकास र समृद्धिको अग्रगामी पथमा सरकार अगाडि बढेको बताए । 
     
एक फरक प्रसङ्गमा उनले पार्टी एकता अन्तिम चरणमा पुगेको उल्लेख गर्दै सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट मञ्च, जनवर्गीय सङ्गठन लगायतको एकता छिट्टै टुङ्ग्याउने बताए । 
     
मन्त्री पुनले विपक्षी र सामाजिक सञ्जालले फिँजाएका भ्रममा नपरी तथ्य बुझेर मात्र सरकार र पार्टीप्रति धारणा बनाउन नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया