सेयर बजारमा सामान्य सुधार,

४ बर्ष अगाडि

साताको तेश्रो दिन मंगलबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । 

एक सय ५५ कम्पनीको ६ लाख ५४ हजार कित्ता शेयर कारोबार हुँदा नेप्से मापन गर्ने सूचक २ दशमलव ४० अंकले बढेर ११३४ दशमलव ७९ बिन्दुमा रोकिएको छ । 

१६ करोड ५२ लाख ९६ हजार ५ रुपैयाँको सेयर किनबेच हुँदा कारोबार रकमको आधारमा नबिल बैंक अग्रस्थानमा देखिएको छ ।  नबिलको १ करोड ३२ लाख २३ हजार ५५ रुपैयाँको कारोबार हुँदा दोस्रो र तेस्रो स्थानमा प्रभु र एभरेष्ट बैंक रहे । 

११ कम्पनीको कारोबारमा बैकिङ ४.४५, विकास बैंक १.६२, जलविद्युत १.३७, उत्पादन तथा प्रशोधन ९।४५, माइक्रोफाइनान्स १.२७, जीवन बीमा समूहको उपसूचक १९.०६ अंकले बढेको छ । यता निर्जीबन बिमा समूहको उपसूचक १७.७१ अंकले घटेको छ ।  

लक्ष्मी इक्वीटी फण्ड, हिमालयन डिस्ट्रिलरी, नेपाल इन्स्योरेन्स, सूर्यलाइफ इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन भने गुमाउनेमा एभरेष्ट बैंकको कन्भटेबल सेयर, रिलायन्स फाइनान्स, सगरमाथा इन्स्योरेन्स, आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया