दुर्घटनामा एक युवकको मृत्यु

४ बर्ष अगाडि

 पाँचथरको मेची राजमार्गमा आज मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कुम्मायक गाउँपालिका–५ का २७ वर्षीय सुनिल सम्बाहाम्फे रहेका छन् । 

    मेची राजमार्गअन्तर्गत भारपाको जोरपोखरी सल्लेरी सडक खण्डमा को१२प २६३ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
 दुर्घटनामा सख्त घाइते भएका उनलाई उपचारका लागि पाँचथर अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया