न्याम्सको प्रवेश परीक्षा कात्तिक ९ गते हुने

कात्तिक ५, २०७६ | आजको अर्थ
ajaako_artha

चिकित्सा विज्ञान राष्ट्रिय  प्रतिष्ठान (न्याम्स) ले स्नातकोत्तर तहको एमडी÷एमएस÷एमडीएमएसको प्रवेश परीक्षा  यही  कात्तिक ९ गते सञ्चालन गर्ने भएको छ ।

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ शैक्षिक सत्र २०७६÷७७ का लागि लिइने सो तहको प्रवेश परीक्षा स्थगन गर्न न्याम्सलाई यही १ कात्तिकमा निर्देशन दिएपछि  कात्तिक २ गते सञ्चालन गर्ने भनिएको सो तहको परीक्षा स्थगन भएको थियो । 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री न्याम्सको सहकुलपति हुने प्रावधान रहेको छ । न्याम्सका डीन प्रा डा पीयुष दाहालले मन्त्रालयको निर्देशनअनुसार कात्तिक ९ गते शनिबार प्रवेश परीक्षा सञ्चालन हुन लागेको जानकारी दिए । न्याम्सलाई नयाँ शैक्षिकसत्रका लागि  नेपाल मेडिकल काउन्सिलले एमडी÷एमएस÷एमडीएमएस ११५ र डिएम÷एमसीएचतर्फ २१ सिट सङ्ख्या अध्ययन अध्यापन गर्न स्वीकृति दिएको थियो । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८