दुर्गेशले फेरि अपलोड गरेको विवादित गीतमा के छ?

कात्तिक ५, २०७६ | आजको अर्थ
ajaako_artha

काठमाडौं । गायक दुर्गेश थापाले विवादित गीत फेरि युट्युवमा अपलोड गरेका छन् ।

गीतले सामाजिक र सांस्कृतिक मर्यादा उल्लघंन गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो ।

प्रहरीमा उजुरी परेपछि दुर्गेशलाई प्रहरीले मंगलबार नियन्त्रणमा गरेको थियो । त्यसपछि दुर्गेशले माफी माग्दै उक्त गीत युट्युवबाट हटाएका थिए । गीतमा राज्यद्वारा प्रतिवन्धित नशालु पदार्थ गाँजा खान उत्प्रेरित प्रोत्साहान गर्ने शब्द अन्जानमा प्रयोग भएको भन्दै माफी मागेका थिए ।

त्यस्तै दिपावलीको अवसरमा मदिरा सेवन गर्न खुलेआम आह्वान गरेको भन्ने आम सरोकारवालाको चासो चिन्तालाई आफूले ममन गरेको बताउँदै आगामी दिनमा यस्ता सामाजिक सांस्कृतिक सद्भावमा खलल पुग्ने खालका गीत भिडियो प्रकाशन प्रशारण नगर्ने दुर्गेशले बताएका थिए ।

तर, युट्युवबाट हटाएको केही घण्टामै दुर्गेशले उक्त गीत अपलोड गरेका छन् । पछि अपलोड गरिएको गीतमा विवादित शब्दलाई म्युट गरिएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.६०११५.२०
European Euro१२६.७७१२७.४४
UK Pound Sterling१४७.९३१४८.७०
Swiss Franc११५.५५११६.१६
Australian Dollar७८.०७७८.४८
Canadian Dollar८६.०९८६.५४
Singapore Dollar८४.१६८४.६०