सामसङ्ग मोबाइल एक्सचेञ्ज मेला, तपाईँको पनि मोबाइल साट्नु छ कि ?

६ बर्ष अगाडि

काठमाडौं – हिम इलेक्ट्रोनिक्स प्रालि अन्तर्गत संचालित सामसङ्ग प्लाजामा मोबाइल एक्सचेञ्ज मेला संचालन भईरहेको छ । फेब्रुअरी ८ देखि १८ सम्म चल्ने यो कार्निभलमा कुनै पनि ब्रान्डका पुरानो मोवाइलसँग सामसङ्गका नयाँ र आधुनिक प्रविधिको स्मार्ट फोनहरु एक्सचेञ्ज गर्न सक्नेछन् ।
हालको मितिसम्म २ हजार भन्दा बढि मोवाइल सेटहरु एक्सचेञ्ज भईसकेका छन् । यो मेला उपत्यकाभर फैलिएका ७ वटा सामसङ्ग प्लाजाहरुमा संचालन भईरहेको छ । 
हिम इलेक्ट्रोनिक्सका निर्देशक सिमा गोल्छाले कार्निभलको शुभारम्भ गर्दै भनिन् “हामी यस्ता किसिमका अबसर हाम्रा ग्राहक महानुभावहरुलाई  उपलब्ध गराउँदै जानेछौँ । साथै यसमा सहभागी हुनुहुनेहरु प्रति कृतज्ञ हुनेछौँ । यो एउटा यस्तो  अवसर हो, जहाँ कुनैपनि ब्रान्डको पुराना मोबाइल सेटलाई नयाँ सामसुङको स्मार्ट फोनसँग एक्सचेञ्ज गर्न सक्नुहुने छ । मलाई आशा छ यो कार्निभलले हाम्रा ग्राहकको मुहारमा केही भएपनि खुसी ल्याउने छ ।”

मेला आयोजना भईरहेका सामसङ्ग प्लाजा निम्न ठाउँमा छन्ः
१. सामसङ्ग प्लाजा, दरवारमार्ग, काठमाडौं 
२. सामसङ्ग प्लाजा, महाराजगन्ज, काठमाडौं 
३. सामसङ्ग प्लाजा, सिभिल महल, काठमाडौं 
४. सामसङ्ग प्लाजा, सुर्य्विनायक, भक्तपुर 
५. सामसङ्ग प्लाजा, नयाँ बजार, काठमाडौं 
६. सामसङ्ग प्लाजा, चुच्चेपाटी, काठमाडौं
७. सामसङ्ग प्लाजा, कुपोन्डोल, ललितपुर

६ बर्ष अगाडि

प्रतिक्रिया