बजाजको मोटरसाइकल किन्ने रहर छ ? यस्तो छ नयाँ मूल्य

४ बर्ष अगाडि

मोटरसाईकल अहिले कामकाजी व्यक्तिदेखि व्यवसायीहरुसम्मका लागि  नभइ नहुने आवश्यकताको साधन बनिसकेको छ । 

बढ्दो सवारी चापले गर्दा सार्वजनिक सवारी साधनमा हुने ढिलाइका कारण पनि मोटरसाइकल प्रयोगकर्ताको संख्या बढ्दो छ। 

त्यहि आवस्यकता पूरा गर्न विभिन्न कम्पनीले विभिन्न प्रकारका मोटरसाइकल उत्पादन गरेका छन् । 

नेपाली बजारमा पल्सर, एभेन्जर, डिस्कभर भन्ने बित्तिकै चर्चित र लोकप्रिय मोटरसाइकल मानिन्छन् । यी लोकप्रिय मोटरसाइकलको उत्पादक हो बजाज । 

बजाजले भिन्नाभिन्नै आर्थिक स्तर र भिन्नाभिन्नै रुचि भएकाहरुलाई भिन्नाभिन्नै प्रकारका मोटरसाइकल बजारमा ल्याएको छ । 

सबैभन्दा महंगो पल्सर एनएस एबीएस २०० देखि सबैभन्दा सस्सो प्लेटिनाजसम्मको नयाँ मूल्यसूचि सार्वजनिक भएको छ । 

बजाज कम्पनीका अनुसार नेपालमा सबैभन्दा महंगो पल्सर एनएस एबीएस २०० सीसीको मूल्य ३ लाख ३४ हजार ९ सय रहेको छ । 

त्यस्तै  तीनलाख भन्दा धेरै मूल्य पर्नेमा पल्सर २०० एनएसको मूल्य ३ लाख १९ हजार ९००, पल्सर २२० एफ डीटीएस–आईको ३ लाख १४ हजार ९०० रहेको छ । 

त्यस्तै एभेन्जर क्रुस २२० को ३ लाख ३९ हजार ९ सय, एभेन्जर स्ट्रीट २२० को ३ लाख १९ हजार ९ सय रुपैयाँ रहेको छ । 

तीन लाख भन्दा कम मूल्य पर्नेमध्ये एभेन्जर स्ट्रीट १८० को २ लाख ९९ हजार ९ सय,  पल्सर एनएस १६० को २ लाख ८६ हजार ९००,  पल्सर १८० डीटीएस–आईको २ लाख ७८ हजार ९००, पल्सर १५० डीटीएस–आई टीडीको २ लाख ६४ हजार ९ सय र १५० डीटीएस–आईको २ लाख ५३ हजार ९ सय र डिस्कभर १२५ एसटीको २ लाख २ हजार ९ सय रहेको छ । 

त्यस्तै २ लाख भन्दा कम मूल्यपर्ने मध्ये डिस्कभर १२५ डिस्क वालाको १ लाख ९२ हजार ९ सय र ड्रम वालाको १ लाख ८५ हजार ९ सय रहेको छ । 

बजारको सबैभन्दा सस्तो मोटरसाइकलको रुपमा रहेको प्लाटिनाज को १ लाख ६४ हजार ९ सय रहेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया