कावासाकीले जेट एच २ बाइक प्रदर्शन, पावरफुल इन्जिन र शानदार फिचर

४ बर्ष अगाडि

कावासाकी कम्पनीले नयाँ स्ट्रिटफाइटर नेकेड बाइक कावासाकी जेट एच २ प्रदर्शन गरेको छ ।

कम्पनीले जापानमा चलिरहेको टोक्यो मोटर शोमा शानदार सुपरचार्ज्ड लाइनअपको नयाँ बाइक प्रदर्शन गरेको हो । 

निन्जा एच २ मा आधारित रहेको सो बाइकमा २०० एचपीको पावरफुल इन्जिन जडान गरिएको छ । 

शानदार फिचर पनि समावेश गरिएको कावासाकी जेट एच२ बाइकको लुक निकै शार्प र एग्रेसिभ रहेको छ । 

बाइकमा जडान गरिएको ह्यान्डलबार, लो माउण्टेड एलईडी हेडलाइट, मस्क्युलर फ्युल ट्यांक, स्प्लिट सिट र ग्रीन कलरमा एक्सपोज्ड टे«लिस फ्रेम सेक्सनले यसलाई स्ट्रिटफाइटर बाइकको लुक दिन्छ । 

बाइकको पछाडिको भागमा इन्टिग्रेटेड जेट प्याटर्न एलईडी टेल ल्याम्प समावेश गरिएको छ ।

सो बाइकमा ९९८ सीसीको सुपरचार्जड इन्जिन जडान गरिएको छ जसले २०० एचपीको पावर र १३७ एनएमको टर्क जेनेरेट गर्छ ।

सो बाइकमा ४ राइडिङ मोड्स स्पोर्ट, रोड, रेन र राइडर समावेश गरिएको छ । बाइकमा ३ पावर मोड फुल ९२००एचपी०, मिड ९१४८एचपी० र लो ९९८एचपी० पनि रहेको छ ।

राइडरले आफूलाई आवश्यक परेको मोड छान्न सकिन्छ । बाइकमा ६ ऐक्सिस आईएमयु, लन्च कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल सिस्टम र क्रुज कन्ट्रोल समावेश गरिएको छ ।

सो बाइकमा ब्लुटुथ कनेक्टिभिटीको साथमा फुल डिजिटल कलर टिएफटी एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर रहेको छ जसबाट सबै सेटिङ कन्ट्रोल गर्न सकिन्छ ।

सो बाइकको फ्रन्टमा २९० एमएम ड्युअल डिस्क र रियरमा २२६ एमएम डिस्क ब्रेक जडान गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सो बाइक चाँडै बिक्री गरिने अनुमान गरिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया