‘गोफ्ले’को परिचय भैरेले फेर्छ : अभिनेता दयाहाङ राई

५ बर्ष अगाडि

काठमाडौं – ‘दाशढुङ्गा’ अभिनय गरेपनि चलचित्र ‘लुट’को ‘गोफ्ले’ भूमिकाबाट हिट भएका अभिनेता दयाहाङ राई अहिलेका ब्यस्त अभिनेता हुन् । महँगो अभिनेताको सूचीमा पनि अटाउन सफल उनका केही अगाडिसम्म महिनामा दुईवटा चलचित्रसम्म प्रदर्शनमा आए । 
तर यो बर्ष भने दर्शकले उनका केही चलचित्र हेर्न पाएका छैनन् । ४ साउँबाट प्रदर्शनमा आउँने चलचित्र ‘भैरे’ दर्शकका लागि उनको पहिलो कोसेली हुन सक्छ । यस चलचित्रमा उनी ‘भैरे’ चरित्रको मुख्य भुमिकामा छन् । 
एभरेष्ट सूर्य बोहरा निर्देशत चलचित्र ‘भैरे’बाट ‘लुट’को ‘गोफ्ले’ चरित्र झै चर्चा पाउने उनले बताए । ‘‘भैरे’को कथा मन पर्यो र चलचित्र छाड्न सकिन । यो मेरो टाइपको चलचित्र हो’ दयाहाङले भने ‘ चलचित्र प्रदर्शन पछि दर्शकले गोफ्ले होइन भैरे भनेर बोलाउनु हुनेछ ।’ देशभरको कथाको रुपमा प्रतिनिधित्व भैरेले गरेको बताएका राइले मुस्ताङ र अपरमुस्ताङमा खिचिएको यो चलचित्र दर्शकका लागि नयाँ स्वद हुने दाबी गरे । उनले थपे ‘‘भैरे’ पूर्ण कमर्शियल चलचित्र हो । दर्शकलाई सोच्न विवश नबनाएपनि मनोरञ्जन भने अबसय दिनेछ ।’
चलचित्रले ब्यवसायिक सफलता पाउनेमा दयाहाङलाई संख छैन ।  यसमा उनको जोडी अभिनेत्री सुरक्षा पन्त बनेकी छन् । प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी निर्माता रहेको चलचित्रमा करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल, सिन्धु पौडेल र कुमार बस्नेत सह–निर्मातामाका रुपमा रहेका छन् । 
नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’मा दयाहाङ र सुरक्षाको अलवा वर्षा सिवाकोटी, बुद्धि तामाङ्ग, विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारको अभिनय समेटिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया