सुनको मूल्य बढ्यो

मंगलबार, २६ असार २०७५, १२ : ३०

काठमाडौं–मंगलबार सुन तोलामा १०० रुपैयाँले बढेको छ । सुन तोलाको  ५७ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार, २६ असार २०७५, १२ : ३०

प्रतिक्रिया