आईपीएलमा ११ को साटो १५ खेलाडी उतार्न सक्ने

कात्तिक १९, २०७६ | आजको अर्थ
ajaako_artha

इन्डियन प्रिमियर लिग ९आईपीएल० लाई अझै रोचक बनाउन लिगमा चाँडै पावर प्लेयरको नयाँ अवधारणा हेर्न पाउन सकिनेछ ।

नयाँ अवधारणा अन्तरगत टीमले ११ खेलाडी नभएर १५ खेलाडी मैदानमा उतार्न सक्नेछन् । यसमा कुनै पनि खेलाडीले कुनै पनि दोस्रो खेलाडीलाई खेलको कुनै पनि मोडमा रिप्लेस गर्न सक्छन् । सामान्य रुपमा टीमको कुनै पनि विकेट झरेपछि वा ओभर सकिएपछि खेलाडीलाई सब्टिच्युट गर्न पाउँछन् ।

अहिले यो नियमको प्रस्ताव बीसीसीआईका वरिष्ठ अधिकारीहरुसामु राखिएको छ । भारतीय मिडियाका अनुसार उनीहरुलाई यो प्रस्तावना मन मरेको छ ।

अब यो आईपीएलको नियामक टोलीका सामुन्ने राख्न बाँकी छ । मंगलबार मुम्बईस्थित बीसीसीआईको मुख्यालयमा मिटिङ हुने बताइएको छ । यसमा पावर प्लेयरको अवधारणामाथि छलफल हुनेछ । सहमति भए आगामी सिजन यो नियम लागू हुन सक्ने सम्भावना रहेको छ ।

बीसीसीआईका एक वरिष्ठ पदाधिकारीले यो नियम सम्झाउँदै भने, ‘यदि यो नियम लागू भयो भने टोलीले खेलभन्दा अघि प्लेइङ ११ नभएर प्लेइङ १५ को घोषणा गर्नेछ । अब सोच्नुहोस् कुनै टोलीलाई अन्तिम ओभरमा २० रन आवश्यक छ । १९ औँ ओभरको अन्तिम बलमा कुनै विकेट झर्छ, टोली अन्तिम ओभरमा खेल्न आन्द्रे रसललाई उतार्छ र खेल जिताउँछन् भने यो कनि रोमाञ्चक हुनेछ आफै सोच्नुहोस् ।’

यदि मङ्गलबार हुने भनिएको बैठकमा पावर प्लेयरका लागि सहमति बने यसलाई पहिले सैयद मुश्ताक अली ट्रफीमा लागू गरिनेछ । त्यहाँबाट यो नियम आइपीएलमा लागू गरिनेछ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.६०११५.२०
European Euro१२६.७७१२७.४४
UK Pound Sterling१४७.९३१४८.७०
Swiss Franc११५.५५११६.१६
Australian Dollar७८.०७७८.४८
Canadian Dollar८६.०९८६.५४
Singapore Dollar८४.१६८४.६०