सनराइज बैंकले यसरी गर्दै छ जनताको निक्षेपमा खेलवाड, पचास लाख आना पर्ने जग्गालाई करोड मूल्यांकन

६ बर्ष अगाडि
काठमाडौं । जनताको पैसामा कसरी मोजमस्ती गरिन्छ र कसरी संस्थागत ठगी गरिन्छ भन्ने उदाहरणको रुपमा पछिल्लो समय चर्चित भएको छ सनराइज बैंक । बैंकका अध्यक्ष छन् मोतीलाल दुगड । उद्योगी व्यवसायीको बैंकको रुमपा चर्चित छ सनराइज बैंक । तर जनताको निक्षेपमा कम मूल्यको जग्गालाई बढी मूल्य तिरेर खरिद गरेको भन्दै केश अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पुगेको छ । घटना हो सनराइज क्यापिटल भवनसँगै जोडिएको ५० आना जग्गाको । कमलपोखरीमा रहेको उक्त जग्गाको मूल्य बजार भाऊ भन्दा बढी तिरेर खरिद गरिएको छ । बाङ्गेल लामाको नाममा रहेको उक्त जग्गाको बजार मूल्य प्रतिआना रु ४५ लाख रहेको छ । तर बैंकका अध्यक्ष दुगड, सञ्चालकहरु भोजेन्द्र गुरागाई, बच्छराज तातेड, मालचन्द्र दुगड, डा दिपकप्रसाद भट्टराई, दिपक नेपाल, ज्योतिकुमार बेगानी, ओमकृष्ण जोशी, बैंकका प्रमुख कार्यकारी अधिकृत रन्तराज बज्राचार्य र डेपुटी जनरल म्यानेजर रोविन नेपालले गलत निर्णय गरेको भन्दै अख्तियारमा उजुरी परेको छ । रु पचास लाख आनाको जग्गालाई रु एक करोड बराबरको मूल्यांकन गरेर जनताको निक्षेपमाथि खेलबाड गरिएको बताइन्छ । आयोगले पनि बैंकको विषयमा उजुरी परेको जनाएको छ । छानबिन गर्ने क्रममा आफूहरु रहेको उसले जनाएको छ ।
६ बर्ष अगाडि

प्रतिक्रिया