पौडेललाई बोर्डको नेतृत्व कहिले सम्म ? लगानीकर्ता भन्छन् वास्तविक अध्यक्ष चाहियो !

४ बर्ष अगाडि

कामचलाउ नेतृत्व पाएको नेपाल धितोपत्र बोर्डमा लगानीकर्ताले वास्तविक अध्यक्षको आबाज उठाउन थालेका छन् । सरकारले बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौडेललाई दैनिक कार्य सञ्चालनको जिम्मेवारी दिएपनि लगानीकर्ताले कार्यकारी अध्यक्षको माग गरेका हुन् । 

अध्यक्ष डा। रेवतकुमार कार्कीले अवकाश पाएसगैँ साना साना  प्राथमिक शेयर निष्काशन तथा अन्य निष्काशनको अनुमति दिने लगायतका कामहरु अड्किरहेका थिए । नेतृत्व विहिन भएको बोर्डमा कामचलाउनका लागि सरकारले १७ कात्तिकमा कार्यकारी निर्देशक पौडेललाई जिम्मेबारी दियो । 
तर शेयर लगानीकर्ता दबाब समूहले बोर्डको अध्यक्षको नियुक्ति यथाशिघ्र गर्न सरकारको ध्यानकर्षण गराईरहेका छन् । 

पौडेलले जिम्मेवारी पाएसगैँ वोर्डको दैनिक कार्य सञ्चालनमा सहज त भयो तर वास्तविक अध्यक्षको बनाउने भन्ने कुरामा अर्थ मन्त्रालय भने अझै अन्योलमा देखिन्छ ।अर्थको अन्यौलता देखेरै अर्थतन्त्रको ऐनाको रुपमा रहेको पूँजी बजारको नियामक निकायको नेतृत्व विहिन अवस्था लामो समय सम्म रहन नहुने दबाब समूहको माग छ । 

अबिलम्व नियुक्ती प्रक्रियालाई टुङोमा पु¥याउन र  नियुक्ति प्रक्रियामा हुनसक्ने चलखेलमा सचेत रहन समेत अर्थमन्त्रालयलाई खबरदारी गरेका छन् ।विगत ४ वर्ष देखी निरन्तर ओरालो लागेको सेयर बजारमा लगानीकर्ताको पूँजीबजार प्रतिको अविश्वाश बढ्दै गएको अवस्थामा वास्तविक अध्यक्ष को बन्ला  भन्ने विषयमा पनि चर्चा हुन थालेको छ । 

को बन्ला बोर्डको अध्यक्ष ?

नेपाल धितोपत्र बोर्ड को कार्य सम्पादनको जिम्मा पाएका परिष्टनाथ पौड्याल केहि समयका लागि मात्र हुन । अर्थ मन्त्रालयले धितोपत्र बोर्ड को ४ वर्षे कार्यकालका लागी नयाँ नेतृत्व छान्नै पर्ने हुन्छ ।

अहिले धितोपत्र बोर्डको नयाँ अध्यक्षको बन्छ भन्ने होड्बाजी चलीरहेको छ । नयाँ अध्यक्षका नियुक्तिका विषयमा ४ जनाको नाम चर्चामा आएको छ । चर्चामा आउनेहरुमा  भिष्मराज ढुंगाना, बासुदेव अधिकारी, टंक पनेरु र निल सारु मगर रहेका छन् ।

भिष्मराज ढुंगाना हालका विज्ञ सदस्य हुन भने बासुदेव अधिकारी, टंक पनेरु र निल सारु मगर पूर्व विज्ञ सदस्यहरु हुन ।

चर्चामा आएका चारै जना धितोपत्र बोर्डको नेतृत्व गर्नलाई याग्य रहेकाले कसलाई बोर्डको नेतृत्व प्रदान गर्ने विषयमा ढिलाई भएको हुन सक्ने सेयर लगानीकर्ताको बुझाइ रहेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया